प्रधानमन्त्री शेरबहादुर देउवा ललितपुरको कुम्भेश्वरमा (भिडियो)

शुक्रबार, भदौ ४, २०७८

ललितपुर। प्रधानमन्त्री शेरबहादुर देउवाले २०७२ सालको भूकम्पमा भत्किएपछि पुनर्निर्माण गरिएको  कुम्भेश्वर (सर्वेश्वर)महादेव मन्दिरको विहीबार उद्घाटन गरेका छन् । उनले महादेवको पूजा अर्चना गर्नुका साथै मन्दिरमा राखिने गजुरको समेत पूजा गरेका थिए । उक्त भूकम्पले मन्दिर क्षतिग्रस्त हुनुका साथै गजुर समेत खसेको थियो ।  उक्त गजुर बिहीबार नै मन्दिरमा राखिएको छ । 
पत्नी आरजु देउवा राणा सहित प्रधानमन्त्री देउवाले कुम्भेश्वर मन्दिर परिसरमा रहेको वंगलामुखी लगायत अन्य मठमन्दिरको समेत पूजा गरे । पूजापछि प्रधानमन्त्रीले शिलापत्र अनावरण गरेका थिए ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति मदनबहादुर अमात्य, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याल, गोदावरी नगरप्रमुख गजेन्द्र महर्जन, तरुण दलका अध्यक्ष जितजंग बस्नेत लगायतका उपस्थिति थियो । 
दुई करोड ८२ लाखमा उक्त मन्दिर निर्माण सम्पन्न भएको मन्दिर जिर्णोद्धार समितिले जनाएको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  १७:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार