बिचरा मेरो देश

कविता
बिहीबार, भदौ ३, २०७८

बिचरा मेरो देश
संसद्  छल्दै अध्यादेश

दुई तिहाइमा चल्दैन
नमागि चुलो बल्दैन
अनावश्यक अदालतमा केश
बिचरा मेरो देश

चिठ्ठा परेकाले देश चलाउने
ठुलो हुँ भन्नेले पुत्ला जलाउने
कसलाई मान्ने बेश
बिचरा मेरो देश

अन्धभक्तहरुले ताली बजाउने
ढोङ्गि महाराजको सवारी चलाउने
लुटदा लुट्दै फुलेको केस
बिचरा मेरो देस

संसद्लाई खसिबजार बनाउने
कसाहीहरुले जयजयकार मनाउने
बेलाबेलामा बद्ल्दैछन भेश
बिचरा मेरो देश

पार्टीहरुले दुकान खोले 
मिति गैसकेकाले धेरै भाउ बोले
यिनिहरुलाई छ दरबारीया येश
बिचरा मेरो देश 

                                         सुदन लुइँटेल
                              ढुङ्गाअड्डा , काठमाडौं नेपाल

प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  १८:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार