‘कोरोनाले सहर र गाउँका दुई फरक–फरक परिवेसका विद्यार्थी बनायो, कसरी खाडल पुरिएला ? 

जनप्रतिनिधिलाई खुला पत्र 
बुधबार, भदौ २, २०७८

सहरी क्षेत्रमा अलि कडा तरिकाले गरिएको निषेधाज्ञा खुकुलो भयो । सबै कार्यालयहरु खुले । कार्यालय खुलेसँगै मानिसहरु काममा जान थाले । सहरी क्षेत्रमा जताततै व्यस्तता पनि बढ्न थाल्यो। सवारी साधनको कोलाहल पनि उस्तै । धुलो धुवाँ पहिलेकै जस्तै । हेर्दा लाग्छ हामी कोरोना अघिकै समयमा फर्कियौं । कोरोना भाइरसलाई पनि पनि हामी सबैले बिर्सिए झैं लाग्न थालेको छ ।  
यस्तो सहर देखेको मैले गाउँको अवस्था अलि भिन्न पाए । गत सोमबार म गाउँ पुग्दा गाउँको माहोल अलि फरक थियो । स–साना स्कुले बालबालिका देखि शहर तिर पढ्न बसेका तन्नेरीहरु पनि गाउँमै भेटिए । गाउँको सरकारी विद्यालयहरू बन्द भएर होला बालबालिका झुण्ड–झुण्ड बनाएर रमाइरहेका थिए । कोही लुकामारि खेल्दै, कोही पांग्रहरु गुडाउँदै थिए । मोबाईल हुनेहरु Freefire / PUBG खेलेर दिन काटिरहेको थिए । अरु छेउछाउमा बसेर साथीले खेलेको गेम उत्सुकताका साथ हेरिरहेका थिए । लाग्थ्यो खेल्नेले जतिकै हेर्नेले पनि मज्जा लिइरहेका थिए । 
उता शहरका महँगो स्कुलमा पढ्नेहरु त महगो Laptop र Mobile मा Online Class लिइरहेका छन्।उनीहरुलाई स्कुल बन्द भएर केही फरक परेको छैन । सुविधा सम्पन्न परिवारका बालबच्चालाई विद्यालय भौतिक रुपमा बन्द भएपनि उनीहरुको पढाइमा खासै प्रभाव पारेको छैन।  तर, गाउँघरमा  बालबच्चाको पढाई, उनीहरूको भविष्यमा ठूलो प्रभाव पारेको छ । स्कुल जान नपरेपछि बालबालिकाहरु  खेलेरै समय कटाउँदा पहिला विद्यालयमा पढेका कुराहरु पनि बिर्सन थालिसके । पढाइमा कमजोर विद्यार्थीहरु झन झन् कमजोर बन्दै गए । विद्यालय कहिले खुल्ने अनिस्चित नै छ । यो अवस्थाले गरिब किसानका  छोराछोरीहरूको भविष्य अन्योलमा परेको छ ।  
भविष्यका यी कर्णधारहरुको  बारेमा सोच्न पनि स्थानीय सरकारले ढिला गरिरहेको मलाई आभास भयो ।  यहाँका बालबालिकाहरु आर्थिक बिपन्नताले मात्रा हैन  भौगोलिक अवस्थाले गर्दा मोबाइल हुनेले पनि Internet को सुविधा लिन सकेको छैनन् । त्यसैले प्रविधिको उपयोग गर्ने विद्यार्थी र प्रविधिको पँहुचबाट पर रहेको विद्यार्थीबीच ठूलो खाडल देखियो । यो तर पछि यी फरक फरक परिवासबाट आएका विद्र्याीले प्रतिस्पर्धा त एउटै मैदानमा गर्नु नै पर्छ । दुवै एउटै तराजुमा जोखिनु पर्नेछ । 
यो अवस्थाको आकलन गर्दा गाउँका किसानका छोराछोरी झनै पछाडि पर्ने निश्चित नै छ । गाउँपालिकाका जनप्रधिनिधिज्यूहरु यस्ता ठूलो समस्या, जो बालबालिकाको शिक्षा पाउने हक र भविष्यसंग जोडिएको संवेदनशील विषय छ यसलाई प्राथमिकतामा नराखेर  भौतिक संरचना निर्माणलाई बढी जोड दिइनरहनु भएको छ, के तपाईले गरिरहेको यो कार्य ठिक हो त ? त्यतातर्फ गम्भीर भएर सोच्नुहोला । गुम्बा, मन्दिर बाटोघाटो जस्ता भौतिक पूर्वाधारको निर्माण भन्दा ठूलो विकास शिक्षित र दक्ष जनशक्ति उत्पादन हो भन्ने कुरा बेलेमा बुझ्नु पर्छ । यो कुरा बुझन् ढिला गरियो भने राष्ट्रले नै ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ । 
विद्यार्थीहरुको यो पीडादायी अवस्था भएपनि यता शिक्षकहरु घरमै बसी बसी पुरै तलब लिइरहेका छन् । कमजोर आर्थिक स्थिति भएका विद्यार्थी Mobile, internet सुविधा नहुदा Online Class  पढ्न सकिरहेका छैनन् । यसले उनीहरु दोहोरो मारमा परिरहेका छन् । 
शिक्षकले घरमै बसेर तलब खारहेका छन् भन्दा उहाँहरुको मन कुँडिएला, रिस उठ्ला । तर कामै नगरी सय प्रतिशत तलब खाने यस्तो नियम अन्य देशमा नहोला । मैले  डाह गरेको पनि होइन, शिक्षकलाई एक सय प्रतिशत नै तलब दिइयोस, बदलामा विद्यार्थीको पठनपठान सहज पार्न उनीहरुले पनि कडा मिहिनेत गरुन् । सच्चा नागरिक भएको नाताले मैले गरेको अपेक्षा यति मात्रै हो । 
राज्यले शिक्षकहरुलाई दिने तलबको केही प्रतिशत कटाएर भए पनि गाउँ घरमा बसिरहेका शिक्षित युवालाई प्रयोग गरी विद्यालय जानबाट बच्चित बालबालिकाको शिक्षामा खर्च गर्ने नीति ल्याउन सके तत्कालका लागि यो समस्या समाधान हुन सक्छ । आफ्नो घर छिमेकमै कलेज नखुलेर घरमै बसेका शिक्षित दाई–दिदिहरुले घर र छिमेकका बालबबालिकालाई Home tuition दिन लगाउँदा पनि समस्या समाधान हुने थियो । यो नीति कार्यान्वयन गर्न सके कलेज बन्द भएर घरमा बसेकाहरुलाई खाजा खर्च हुनेछ। समयको पनि सदुपयोग हुनेछ। आफूले जानेको कुरा सिकाउन सक्नेछन् । 
शिक्षकको तलब नकाटेरै पनि यो सानो रकम त स्थानीय सरकारले नै जुटाउन सक्छन् । यसका लागि ठूलो बजेटै विनियोजन गर्नै  पर्दैन । यो प्रभकारी पनि हुन्छ। यसले बालबालिकाहरुमा स्कुलमा पढेका कुराहरु रिभिजन हुने र घर छिमेकमै धुलमिल हुनेहरु मात्रै बसेर पढ्दा–पढाउदा COVID-19  को डर पनि कम हुने भयो । 
यसका लागि पहिला विद्यालयले आफ्नो विद्यार्थीको सम्पूर्ण प्रोफ़ाइल Detail निकालेर उसको नजिकमा उसलाई Guide गर्न सक्ने को छन् ? त्यो बुझेर उसैलाई जिम्मा दिन पनि सकिन्छ जसले कलेज पढिरहेका नयाँ विद्यार्थीहरुलाई पनि नयाँ अनुभव हालिस गर्ने मौका पाउँनेछन् भने विद्यालय जानबाट बञ्चित बाल– बालिकाले पढ्न पाउनेछन् । उनीहरुको पढाई स्तर सुध्रने छ । यि विपन्न विद्यार्थीले पनि भविष्यमा खुल्ला प्रतिस्पर्धामा गर्न आधार तयार गर्न सक्नेछन् । पढाईमा कमजोरलाई त झन प्रभावकारी हुनेछ !

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  १८:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार