चौडा सडक निर्माण ‘ड्रिम प्रोजेक्ट' : दिनेश कार्की (भिडियो)

शनिबार, साउन ३०, २०७८

ललितपुर । दिनेश कार्की धापाखेलमा परिचित नाम हो । उनको परिचय फराकिलो हुनुको प्रमुख कारण जनप्रतिनिधिको जिम्मेवारीमा रहनु हो । त्यतिबेला उनी ३० वर्षका थिए, जतिबेला दिनेश तत्कालीन धापाखेल गाउँ विकास समितिको अध्यक्ष भए । उनी अहिले ललितपुर महानगरपालिकाको वडा नं २४ को वडा अध्यक्षका रुपमा जनताको सेवा गरिरहेका छन् । उनी आफ्नो कार्यकालमा नागदह संरक्षण गुरुयोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेका छन् । रिङरोड बाहिरको वडा भएकाले यो वडाका सडकहरु साँघुरा छन् । ‘चौडा बाटो बनाउने मेरो ‘ड्रिम प्रोजेक्ट’ हो ’ उनले शब्दपाटीसँगको कुराकानीमा भने । वडा नं २४ मा प्रदेश स्तरीय आयुर्वेद अस्पतालको डिपीआर तयार पार्ने, ढल निकाससहितको बाटो चौडा बनाउने , रोज पार्क निर्माण गर्ने पनि दिनेशको योजना छ । ‘यी सबै काम मेरो बाँकी कार्यकालमा सम्पन्न हुँदैनन् अब आउने जनप्रतिनिधिका पालमा यी कामले पूर्णता पाउने छन् ’ उनले भने । ललितपुर महानगरपालिकाको सामाजिक विकास समितिका संयोजक समेत रहेका दिनेशसँग शब्दपार्टीले उनको कार्यकालमा भएका विकास निर्माणका काम , ड्रिम प्रोजेक्ट, कारोना महामहारीमा वडाबाट भएका गतिविधिलाई समेटेर वार्ता गरेको छ ।
 

प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  १६:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार