एक पटक पुग्नै पर्ने धार्मिक स्थल बज्रवाराही मन्दिर

बिहीबार, साउन २१, २०७८

ललितपुर । धार्मिक स्थलहरूको सन्दर्भमा नेपाल संसारको सबै भन्दा धनी देश हो । यसैकारण नेपाललार्इ मन्दिरहरूको देश भनिन्छ । नेपाल भित्र मात्र साना तथा ठुला गरी करिब १० हजार मन्दिरहरू छन् । ती मन्दिरहरू मध्ये वाराही मन्दिर पनि एक हो । उपत्यकामा चारवटा वाराही मन्दिरहरू रहेका छन्। उत्तरमा स्वेतवाराही, पूर्वमा नीलवाराही, पश्चिममा धूमवाराही, दक्षिणमा बज्रवाराही रहेको पाइन्छ। बज्रवाराही ललितपुर जिल्लामा एक हजार पाँचसय मिटर उँचाइमा रहेको गोदावरी नगरपालिका ११ मा पर्दछ। १८।९९ हेक्टरमा फैलिएको यस मन्दिर जंगल भित्र रहेको  । बज्रवाराहीको सम्बन्धमा( वाराही शब्द ‘बराहको स्त्रीलिङ्गी रूप हो। यहाँ पूजा गर्नाले जीवनमा आइपर्ने बिघ्न, बाधा, भय हट्ने र  सिद्धि प्राप्त हुने विश्वास गरिन्छ । बज्रवाराहीको मन्दिर पनि शक्तिपीठकै रूपमा प्रख्यात छ। तान्त्रिक विधिबाट गुभाजुहरूबाट नित्य पूजा गरिने यस मन्दिरमा अष्टमातृकासहित बज्रवाराहीको शिलाको मूर्ति छ। यस मन्दिरको स्थापना पाटनका राजा श्रीनिवास मल्लले ने।सं। ७८६ साल चैत्र शुक्ल सुदि ८ सोमबारको दिन श्रीमाई बज्रबाराहीदेवीको पगोडा शैलीको मन्दिर निर्माण गर्न लगाएको इतिहास पाइन्छ साथै,  ने।सं। ८५२ मा विष्णु मल्लबाट उक्त मन्दिरको मर्मत गरेका थिए । यीनै राजाले शिलाको महिष मूर्ति बनाई मन्दिरको ठिक अगाडि पारी ने।सं।८३२ मा स्थापना गरेको कुरा शिलालखमा उल्लेख गरिएको छ । पाटनका योगनरेन्द्र मल्ल बज्रबाराहीको भक्त भएकोले यिनले त्यहाँ विभिन्न देव–देवीका मूर्ति प्रतिस्थापन गर्न लगाएका थिए । बज्रबाराही मन्दिर वरिपरिको संरचनाको मर्मत सुधार तत्कालीन राजा महेन्द्रले वि।स। २०१५ फाल्गुणमा इतिहासमा पाइन्छ । बज्रवाराही भित्र एउटा सानो जल कुण्ड छ जसलार्इ गुहेश्वरीको जलकुण्ड मानिन्छ। नवरात्रीमा उक्त कुण्डबाट जल निकालेर स्नान गर्ने प्रचलन छ। जहाँ काठमा कुँदिएका वाराहीका तीनवटा मर्ूर्ति बँदेलको जस्तो मुख देखिने, विभिन्न हतियार समातेका विभिन्न मुद्रामा देखि आठ बाहु भएका र राँगामाथि चढेको देखिन्छन्। उपत्यकाको दक्षिण भागमा रहेको यस मन्दिर साँस्कृति र ऐतिहासिक रूपले महत्त्वपूर्ण स्थानको रूपमा रहनुको साथै प्राकृतिक स्वरूपले पनि परिपूर्ण रहेको छ। 


 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  १५:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार