सरकारका न्यूनतम साझा कार्यक्रम टुङ्ग्याउन गठबन्धन कार्यदलको बैठक आज बस्दै

साझा कार्यक्रम तय भएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने
मंगलबार, साउन १९, २०७८

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन म‌गलबार दोस्रोपटक भएको सत्तारुढ गठबन्धन कार्यदलको बैठक कार्यक्रमलाई अन्तिमरूप दिन पुनः आज बस्नेगरी सकिएको छ ।  आजको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने कार्यदलका सदस्य–सचिव केशवराज जोशीले बताए । पाँचदलीय गठबन्धनद्वारा सरकार सञ्चालनमा सघाउन नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सोही दलका नेताद्वय मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन क्रियाशील छ ।  साझा कार्यक्रमसहित कार्यदलको प्रतिवेदन प्राप्त भएपछि गठबन्धनका शीर्ष नेतृत्वले भावी रणनीति निर्धारण गर्दै  मन्त्रिपरिषद्लाई पूर्णता दिने बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  २१:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार