तीन हजार ३८३ मा कोरोना पुष्टि, सङ्क्रमणबाट २४ जनाको निधन 

मंगलबार, साउन १९, २०७८

काठमाडौँ ।  नेपालमा गएको २४ घन्टामा तीन हजार ३८३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १६ हजार ७१८ जनामा परीक्षण गर्दा तीन हजार ३८३ जनामा सङ्क्रमण देखिएको हो । यस्तै गत २४ घण्टामा  एक हजार ९९४ जना यो सङ्क्रमणबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म छ लाख ६० हजार ११६ जना यो सङ्क्रमणबाट मुक्त भएका र निको हुने दर ९४ प्रतिशत रहेको छ ।  यस्तै गएको २४ घण्टामा सङ्क्रमणबाट २४ जनाको निधन भएको छ । आज निधन भएकासँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट नौ हजार ९२२ जनाको ज्यान गएको छ । हाल मृत्युदर भने १ दशमलव ५ प्रतिशत रहेको छ ।   हाल सघन उपचार कक्ष ९आइसियु० मा ६८६ जना र भेन्टिलेटरमा १६२ जना उपचार गराइरहेका पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।  त्यसैगरी २९ हजार ७२२ होम आइसोलेसनमा रहेका छन् भने तीन हजार ३७ संस्थागत आइसोलेसन र ३७१ क्वारेन्टिनमा रहेको पनि तथ्याङ्कमा उल्लेख गरिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३२ हजार ५९ रहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  २१:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार