मनाङका बाढीपीडितलाई राहत वितरण

सोमबार, साउन १८, २०७८

मनाङ । पूर्वमन्त्री एवं नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ, सांसद कर्म घले र प्रदेशसभा सदस्य चिन्ताबहादुर घलेले मनाङका बाढीपीडितलाई ३० लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराएका छन् ।  उनीहरुले मनाङका प्रत्येक घरलाई दाल, चामल, तेल, नुनलगायतका खाद्य सामग्री राहतस्वरुप उपलब्ध गराएका हुन् । उनीहरुले मनाङका चारवटै गाउँपालिकाका लागि राहत वितरण गर्नुभएको हो । उहाँहरुले ४१ हजार केजी खाद्यान्न नेपाली सेनाको हेलिकप्टरमार्फत मनाङ पु¥याएका हुन् ।  खराब मौसमका कारण खाद्यान्न पु¥याउन नसकिएका बाँकी ठाउँमा मौसममा सुधार आउनेबित्तिकै ढुवानी गरिने पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले बताए । त्यसका लागि राहत वितरण टोलीका सदस्यलगायत हेलिकप्टर र चालक दलका सदस्य लमजुङको बेंसी शहरमै बसेको नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले जानकारी दिए ।
मौसम सफा भएमा आज बिहानै निस्याङको मनाङ, नार्पाभूमि गाउँपालिकाका लागिसमेत गरी कूल ११ उडान भर्ने तयारी गरिएको नासोँ गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए।  हेलिकप्टर लमजुङको बेँसीशहरमा राखिएको र मौसम सफा हुनेबित्तिकी मनाङका विभिन्न गाउँपालिकामा खाद्यान्न पु¥याउने गरिएको उनले बताए । पिसाङका स्थानीय राम गुरुङले राहत सामग्री बुझ्दै जोखिम लिएर हामलाई राहत उपलब्ध गराएकाले आफूलाई अभिभावक नै पाएको अनुभूति भएको बताए ।  त्यसैगरी नासोँ गाउँपालिकका उपाध्यक्ष कमलमाया गुरुङले सबै पालिका बगाएको र गाउँपालिकाको सबै काम अन्य जिल्लाबाट सञ्चालन गर्नुपरेको अवस्थामा राहत आउँदा खुशी लागेको बताइन् ।–रासस 

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  १३:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार