चोरी भएको चाँदीको मुकुट खोजी गर्न सीमानाका बन्द

आइतबार, साउन १७, २०७८

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चाँदीको मुकुट ९मस्तक० चोरी भएपछि ब्यापक प्रहरी परिचालन गरिएको छ । आइतबार साँझ करिब ७ः१५ बजेतिर मुकुट चोरी भएको हो । घटनासँगै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेसहितको टोली त्यहाँ पुगेको छ । खोजी कार्यलाई तीव्रता दिएर चोरी भएको ठाउँसहित जिल्लाका भारतीय सीमानाका बन्द गरिएको छ । 
सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट [मस्तक] आज साँझ चोरी भएको छ । साँझ करिब ७ः३० बजे छिन्नमस्ता भगवती मन्दिर सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ । पुजारीहरू पोखरीतिर सरसफाइमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको जनाइएको छ । यता चोरी गरिएको मुकुटसहित चोरी गर्ने व्यक्तिको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी र्दिए । साथै चोरी भएको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।   

प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  २१:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार