राष्ट्रसङ्घीय महासचिवद्वारा अफगानिस्तानमा भएको हमलाको निन्दा

शनिबार, साउन १६, २०७८

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको हेरातमा भएको हमलाको निन्दा गरेका छन् । उनले हालै अफगानिस्तानको हेरातमा संयुक्त राष्ट्रसङ्घीय कर्मचारीमाथि भएको हमलाको कडा शब्दमा निन्दा गर्नुका साथै सो हमलामा परी ज्यान गुमाउने सुरक्षाकर्मीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।  साथै त्यस हमलामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले संयुक्त राष्ट्रसङ्घको कार्यालय र यसका कर्मचारीप्रतिको आक्रमण अन्तरराष्ट्रिय कानूनबमोजिम पनि निषेधित रहेको भन्दै यस्ता कार्यमा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने जिकिर गरेका छन् । उनकासहायक प्रवक्ता फराह हकले प्रकाशन गरेको विज्ञिप्तमा यस्ता जघन्या हिंसा गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्नुपर्नेमा जोड दिएका छन् ।  साथै उनले संयुक्त राष्ट्रसङ्घ सधैँ अफगानिस्तानको सरकार र यहाँका नागरिकको पक्षमा रहेको बताएका छन् । अफगानिस्तानमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घले पनि विगत लामो समयदेखि प्रयास जारी राखेको उनले सो विज्ञप्तिमा जनाएका छन् । यसरी नागरिकको शान्ति स्थापनाको चाहनाका लागि काम गर्ने संस्थामाथि भएको यस प्रकारको हिंसात्मक हमला कदापि क्षम्य नहुने उहाँका सहायक प्रवक्ताले प्रकाशित गरेको विज्ञप्तिमा बताइएको छ । पछिल्ला केही दिनमा अफगानिस्तानमा यस्ता हिंसात्मक हमलाका घटनामा वृद्धि भएको र अफगानिस्तानको सरकारका अधिकारी तथा सुरक्षाकर्मीमाथि पनि तालिबानले हमला गर्ने गरेका छन् ।– सिन्ह्वा
 

प्रकाशित मिति: शनिबार, साउन १६, २०७८  १७:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार