किन राजीनामा दिए फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीले  

एन्फा उपाध्यक्ष विक्रमसँग कुरा मिलेन
आइतबार, साउन १०, २०७८

काठमाडौं । नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएको घोषणा गरेका छन् । उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको बताएका छन् । यसको जानकारी उनले फेसबुकमार्फत् दिएका छन् ।
अल्मुताइरीले फेसबुकमार्फत नेपाली फुटबल समर्थकलाई सम्बोधन गर्दै आफू अखिल नेपाल फुटबल संघ (एन्फा) मा गएर राजीनामा दिने बताएका छन् । उनले पछिल्लो तीन सातादेखि प्रत्येक दिन नेम्वाङले व्यवधान पुर्‍याउन खोजेको आरोप पनि लगाएका छन् । अलुताइरीको प्रशिक्षणमा नेपालले पछिल्लोपटक एसियाली विश्वकप छनोट र एसिया कपको छनोट चरण खेलेको छ । कुबेती प्रो–लाइसेन्स प्राप्त अलमुताइरी गत २०७७ सालको चैत महिनामा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  १४:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार