कोञ्ज्योसोममा आज ‘जोन्सन एण्ड जोन्सन’को खोप लगाइने 

शुक्रबार, साउन ८, २०७८

ललितपुर । अमेरिकाले उपलब्ध गराएको एक मात्रा मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप आज दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा लगाइने भएको छ ।  पचास वर्षदेखि ५४ वर्ष उमेर समूहका नागरिक, क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य, सरसफाइकर्मी समेतलाई खोप लगाउने कार्यक्रम तय भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नवलकिशोर महतोले जानकारी दिए ।  उनले भने, ‘गाउँपालिकाको पाँचै वडाका स्वास्थ्य चौकीमा खोप लगाउने अभियान रहँदा पायक पर्ने स्थानमा जान अनुरोध गर्दछु ।’ ललितपुरका अन्य पाँच पालिकामा भने सोमबार, मङ्गलबार र बुधबार गरी तीन दिन जोन्सनको खोप लगाइसकिएको छ ।–रासस
 

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  ०६:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार