सीताको स्वास्थ्यस्थिति बुझ्न भन्दै प्रधानमन्त्री देउवा दाहाल निवास खुमलटारमा 

मंगलबार, साउन ५, २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् । प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न केहीबेर अघि खुमलटार पुगेका हुन् । अध्यक्ष दाहालका प्रेस विज्ञ विष्णु सापकोटाका अनुसार प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै हुनुहुन्थ्यो, सोही क्रममा आज खुमलटार पुगेका हुन् । पार्किन्सन् रोगका कारण लामो समयदेखि प्रचण्ड पत्नी सीता अस्वस्थ छिन् । 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  १७:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार