सुदन लुइँटेलको ‘तिम्रा नशालु’ म्युजिक भिडियो सार्वजनिक 

सोमबार, असार २१, २०७८

काठमाडौं । सुदन लुइँटेलको शब्द रचना भएको ‘तिम्रा नशालु’ म्युजिक भिडियो सार्वजनिक भएको छ । श्याम महर्जनको गायन तथा संगीत रहेको उक्त म्युजिक भिडियोमा हेमन्त शर्मा, बिजेता श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । 

भिडियोको छायाङ्कन तथा निर्देशन कुमार मानन्धरले गरेका हुन् । म्युजिक एरेन्जरको भूमिकामा प्रदिप श्रेष्ठ रहेका छन् । गीतकार सुदन लुइँटेलले छिट्टै अर्को म्युजिक भिडियो ल्याउने तयारी गरेको जानकारी दिए । गीतकार लुइँटेललेका यसअघि साहित्यका विभिन्न विधाका सिर्जनाहरु प्रकाशित भइसकेका छन् । 
 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  १३:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार