आज धान दिवस 

दही च्यूरा खाने दिन 
मंगलबार, असार १५, २०७८

ललितपुरको गोदावरी नगरपालिकास्थित सेराफाँटमा रोपाई गर्दै किसान । असार १५ लाई सरकारले धान दिवसका रुपमा मनाउने गरेको छ । २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । वर्षभरका लागि छाक जुटाउन यो महिना किसान खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ ।

‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो गर्ने गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन् । यस पटक कोरोनो भाइरसको संक्रमणका कारण रोपाहर तथा बाउसेबीच हिलो छ्यापा छ्याप भने गर्ने सम्भावना न्यून छ । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा छ । असार १५ लाई धान दिवसका रुपमा पनि मनाइन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  ०५:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार