प्रतिनिधिसभा विघटनबारे दलका नेता र संविधानविद्सँग छलफल गर्दै सभामुख 

शनिबार नै धारणा सार्वजनिक गर्ने
शनिबार, जेठ ८, २०७८

काठमाडौं । प्रतिनिधिसभा विघटनको विषयमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा विभिन्न संविधानविद् र राजनीतिक नेतृत्वसँग छलफल गरिरहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मन्त्रिपरिषद्को सिफारिसमा नयाँ निर्वाचन घोषणा गरेको विषयमा सभामुख सापकोटा छलफलमा जुटेका हुन् ।  शनिबार बिहानैदेखि सभामुख राजनीतिक दलका नेतृत्वसँग र संविधान तथा कानुनका जानकारहरूसँग छलफलमा रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । ‘प्रतिनिधिसभा विघटनको विषयमा सभामुखज्यू बिहानैदेखि सघन परामर्शमा हुनुहुन्छ । उहाँले मुख्यगरी राजनीतिक दलका शीर्ष नेता र संविधानविद् र कानुन व्यवसायीसँग छलफल गरिरहनुभएको छ’ न्यौपानेले भने । राजनीतिक दलका नेता र संविधानविद्हरूसँग छलफल गरेपछि सभामुख सापकोटाले शनिबार नै प्रतिनिधिसभा विघटनाबारे आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् । 
 

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  १२:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार