‘कोहिनुर’ श्वेताले गरिने दोस्रो विवाह 

सोमबार, मंसिर २२, २०७७

काठमाडौं । अभिनेत्री श्वेता खड्काले विजयेन्द्रसिंह रावतसँग बिहे गरेकी छिन् । परिवार र नजिकका आफन्तबीच उनले सोमबार काठमाडौंमा बिहे गरेकी हुन् । अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको ६ वर्षपछि उनी बिहे गर्ने निर्णयमा पुगेकी हुन् । श्वेतासँग बिहे भएको २ दिनमै श्रीकृष्ण बिरामी भए । उपचारकै क्रममा २०७१ साउन २५ गते उनको निधन भएको थियोे ।
कोभिडका कारण सिमित मानिसहरुको उपस्थिति बीच आफूले नविन यात्रा थाल्ने भन्दै उनले बिहेको एक दिनअघि फेसबुक स्टाटसमा उल्लेख गरेकी थिइन् । आइतबार उनले मेहेन्दीका तस्बिरहरू सार्वजनिक गरेकी थिइन् । उनको स्टाटस सार्वजनिक भएपछि सामाजिक सञ्जालमा श्वेतालाई बधाई दिनेको ओइरो लागेको छ ।
श्वेताले श्रीकृष्णसँगै ‘कहाँ भेटिएला’मा अभिनय गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । ‘कोहिनुर’, ‘कान्छी’ उनले अभिनय गरेका फिल्महरु हुन् । अभिनयसँगै व्यवसायमा व्यस्त श्वेता समाजसेवी पनि हुन् ।उनले समाजसेवा श्वेताश्री फोउण्डेसनको नाममा सिन्धुपाल्चोकमा भूकम्पले ध्वस्त बनाएको माझी बस्तीमा घर निर्माण गरेकी छन् । 
 

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७  १६:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार