सोलार प्लान्टबाट विद्युत्

बिहीबार, जेठ १२, २०७९

खलङ्गा, १२ जेठ ।  जुम्लाको चन्दननाथ नगरपालिका–३ स्थित खोपेचौर र घुघुत्ती विद्युत गृहको चौरबाट सौर्यप्लान्टबाट विद्युत् उत्पादन हुने भएको छ । यहाँको बिजुली आपूर्ति व्यवस्थापनका लागि एक हजार ५०० किलोवाट सोलार प्लान्ट राखिने भएको छ । सोलार प्लान्ट राख्नका लागि स्थानको छनोटसमेत गरिएको छ । 

जिल्लाको चन्दननाथ नगरपालिका–३ स्थित खोपचौर र घुघुत्ती विद्यतु गृह नजिकको चौरमा सौर्य प्लान्ट राख्नका लागि स्थान छनोट गरिएको हो । नेपाल विद्युत् प्राधिकरणको लगानीमा सो प्लान्ट राख्नका लागि खोपेचौर र विद्यतु गृह नजिक चौर छनोट गरी पठाएको विद्युत् वितरण केन्द्र जुम्लाका प्रमुख नरेशदत्त रावलले जानकारी दिए  ।

 जिल्लामा राष्ट्रिय प्रसारण लाइनसँग जोडिए पनि नियमित बिजुली आपूर्ति हुन सकेको छैन । दैलेख, कालिकोट हुँदै जुम्लामा राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको छ । जिल्लामा अझै पनि यहाँका सबै स्थानीय तहमा राष्ट्रिय विद्युत् प्रसारण लाइन पुग्न सकेको छैन । 

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १९:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार