विदेशी मुद्राको अभावमा लेबनानका अस्पतालहरू बन्द हुने खतरामा

बिहीबार, जेठ १२, २०७९

बेरुत, १२ जेठ । लेबनानको निजी अस्पतालहरू उपकरण र औषधीहरू किन्न विदेशी मुद्राको अभाव भएका कारण बन्द हुने खतराको सामना गरिरहेका यहाँका अनलाइन सञ्चार माध्यमहरूले बिहीबार बताएका छन् । “अहिले बैंकहरूले नगद निकासीमा प्रतिबन्ध लगाएको बेला अस्पतालहरूले आवश्यक उपकरण तथा सामग्रीहरू किन्न अमेरिकी डलर कोष सुरक्षित गर्न असमर्थ रहेका छन्,” नीजि अस्पतालहरूको समूहका प्रमुख सुलेमान हारूनले बताए ।

लेबनानको केन्द्रीय बैंक नजिकै अस्पतालका प्रतिनिधिहरूले गरेको विरोध सभामा बोल्दै हारुनले तरलता अभावका कारण अस्पतालले आफ्ना श्रमिकको अधिकार सुरक्षित गर्न नसकेको पनि उल्लेख गरे । उनले ‘सेन्ट्रल बैंक अफ लेबनान’लाई स्वास्थ्य क्षेत्रलाई आउनै लागेको सङ्कटबाट बचाउन बैंकहरूमा अस्पतालको कोष जारी गर्न आग्रह गरे । 

लेबनानमा चलिरहेको अभूतपूर्व आर्थिक सङ्कटले गर्दा केन्द्रीय बैंकले अमेरिकी डलर निकासीमा व्यापक नियन्त्रण गर्न बाध्य भएको छ र यसले व्यापार तथा व्यक्ति विशेष दुवैलाई बृहत् प्रभाब परेको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १८:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार