टेक्सास घटनाबाट राष्ट्रसङ्घका महासचिव स्तब्ध

बिहीबार, जेठ १२, २०७९

संयुक्त राष्ट्रसङ्घ, १२ जेठ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस अमेरिकी सहर टेक्सासमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताए । उनले भने– म त्यहाँको एक विद्यालयमा भएको गोलीकाण्डबाट स्तब्ध भएको छु । उनका प्रवक्ता स्टेफन डुजारिकले प्रकाशन गरेको विज्ञप्तिमा बताइएको छ । सो गोलीकाण्ड र त्यसमा पनि बालबालिका मारिएको दृश्यले मलाई निकै दुःखी बनाएको छ, उनका प्रवक्ताद्वारा जारी गरिएको सो विज्ञप्तिमा बताइएको छ । अमेरिकाको टेक्सासको एक एलिमेन्टरी स्कुलमा मङ्गलबार भएको गोली काण्डमा परी १८ जना बालबालिकासहित २१ को ज्यान गएको थियो । यस घटनाको विश्वमा नै निन्दा गरिएको छ । अमेरिकी सहर टेक्सासमा मंगलबार दिउँसो भएको सो दुःखद घटनामा परी २१ को ज्यान गएको र अरु कैयौँ घाइते भएका थिए । टेक्सासको युभाल्डेस्थित रोब इलिमेन्टरी स्कूलमा एकजना १८ वर्षीय किशोरले गोली चलाउँदा ती विद्यार्थीको ज्यान गएको बताइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १८:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार