राजकुमार चाल्र्स शरणार्थी शिविरमा

बिहीबार, जेठ १२, २०७९

बुडापेस्ट, १२ जेठ । बेलायतका राजकुमार चाल्र्सले बुखारेस्टस्थित युक्रेनी शरणार्थी शिविरको भ्रमण गरेर रोमानिया सरकार र स्वयंसेवकहरूले त्यहाँ गरिरहेको सहायता प्रयासबारे जानकारी लिए । एकजना दोभाषेमार्फत युक्रेनीहरूको समूहसँग कुरा गर्दै उनले आफ्नो भाषा सीपको अक्षमताका निम्ति क्षमा याचना गर्दै  कठिन परिस्थितिमा उनीहरूले देखाएको असाधारण साहस, धैर्य र सहनशीलताको प्रशंसा गरे । युक्रेनी बच्चाहरूले उनलाई परम्परागत युक्रेनी ढाँचामा चित्रित काठको चम्चा उपहारस्वरुप प्रदान गरेका थिए ।  
रुस–युक्रेन युद्ध शुरु भएयता १० लाख युक्रेनी शरणार्थीका रुपमा रोमानिया पुगेका छन् ।  शरणार्थीहरूमा प्रायः महिला र बालबालिका छन् । राजकुमार चाल्र्सका साथ रेडक्रसका अधिकारी, मुक्ति सेना र शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायका प्रतिनिधि बुखारेस्ट नगरका प्रमुखलगायत उपस्थित  थिए । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १७:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार