सञ्जु चौधरीप्रति खेलाडीले अर्पण गरे भावपूर्ण श्रद्धाञ्जलि

आइतबार, जेठ ८, २०७९

ललितपुर, ८ जेठ । नेपाल भारोत्तोलन सङ्घले आफ्ना खेलाडी सुन्जु चौथरीको निधनमा श्रद्धाञ्जलि आयोजना गरेको छ । चौधरीको निधनमा राष्ट्रिय खेलकुद परिषद्को हलमा संघले श्रद्धाञ्जलि सभा आयोजना गरेको हो ।  प्रशिक्षणका लागि काठमाडौं आएकी बेला निधन भएकी १३ औँ सागमा भारोत्तोलनमा स्वर्ण पदक विजेता खेलाडी सञ्जु चौधरीको तेह्रौं दिनेको पुन्य तिथीमा खेलाडी तथा आफन्तले भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका छन् । ललितपुर लुभुस्थित आफ्ना गुरु सञ्जय महर्जनको घरमा झुन्डिएको अवस्थामा सञ्जेको शव फेला परेको थियो । चीनमा हुने एशियाली खेलकुद प्रतियोगिताको तयारीको लागि चौधरी गुरुकै घरमा बसेर प्रशिक्षण गरिरहेकी थिइन् । नेपाल भारोत्तोलन सङ्घले सञ्जुको निधनको १३ दिनमा श्रद्धाञ्जलि सभा आयोजना गरी उनको सम्झना गरेको हो । सञ्जु चौधरीलाई नेपाली भारोत्तोलनमा अहिलेसम्मकी सबैभन्दा सफल खेलाडी मानिन्छ। नेपालगन्जकी २२ वर्षीया चौधरीले दुई वर्षअगाडि काठमाडौंमा भएको १३औँ दक्षिण एशियाली खेलकुदमा (साग) स्वर्ण पदक जितेकी थिइन्, जुन नेपाली भारोत्तोलनमा महिला खेलाडीले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता थियो । महिला भारोत्तोलन खेलाडीले पाएको त्यो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक पनि थियो । क्रिकेट, एथ्लेटिक्स हुँदै भारोत्तोलनमा प्रवेश गरेकी चौधरीले राष्ट्रिय स्तरको सबैजसो प्रतियोगितामा स्वर्ण पदक जितिसकेकी छन्। उनको नाममा थुप्रै राष्ट्रिय कीर्तिमान पनि छ। सन् २०१७ मा नेपालमा भएको एशियन यूथ एन्ड जुनियर च्याम्पीअनशिपबाट उनी चर्चामा आएकी थिइन् । त्यतिबेला पदक जित्न नसके पनि उनले अन्तर्राष्ट्रिय अरिनामा प्रभावशाली प्रदर्शन गरेकी थिइन् । सन् २०१७ मा दक्षिण कोरियामा भएको एशियन कप एन्ड क्लब च्याम्पीअनशिपमा उनले दुई रजत र तीन कांस्य पदक जितेकी थिइन्। सन् २०११८ मा इन्डोनेशियाको जकार्तामा भएको १८ औँ एशियाली खेलकुदमा उनले तीनवटा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । जापानमा सन् २०२१ मा भएको टोक्यो ओलिम्पिक्सका लागि चौधरी नेपाल ओलिम्पिक कमिटीले प्रदान गरेको ओलिम्पिक छात्रवृत्ति पाउन सफल भएकी थिइन्। सो सुविधामा झन्डै दुई वर्ष विशेष प्रशिक्षण पाए पनि उनी टोक्यो ओलिम्पिक्सको लागि भने छनोट हुन सकिनन्।अर्को वर्ष चीनमा हुने एशियाली खेलकुदका लागि पनि गत हप्ता मात्र उनी बन्द प्रशिक्षणका लागि छानिएकी थिइन्। त्यसको तयारी थाल्न सुरु गरेकै बेला यो घटना भएको हो ।

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  ११:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार