ललितपुरमा चिरिबाबु महर्जनको अग्रता कायमै

शुक्रबार, जेठ ६, २०७९

काठमाडौं, ६ जेठ । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् ।  ४२ हजार ६०२ मतगणना गर्दा २१ हजार ९०४ मत ल्याएर महर्जनले अग्रता कायमै राखेका हुन् ।  उनलाई एमालेका हरिकृष्ण ब्यञ्जनकारले १२ हजार ५२३ र राप्रपाका अष्टबहादुर महर्जनले २ हजार १०० मत ल्याएर पछ्याइरहेका छन् ।  उपप्रमुखमा एमालेकी मन्जली शाक्यले १२ हजार ३६९ मत ल्याएर अग्रता लिइरहँदा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ८ हजार ६९७ मत ल्याएर पछ्याइरहेका छन् ।   उमेदवार नै नभएको रुख चिह्नमा समेत उपमेयरमा  ५ हजार ९३२ मत खसेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १२:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार