धरानमा लौरोले मतान्तर फराकिलो बनाउँदै, कांग्रेसभन्दा १ हजार ५०९ मतले अगाडि 

शुक्रबार, जेठ ६, २०७९

सुनसरी, ६ जेठ । धरान उपमहानगरपालिकामा ३९ हजार मत गनिसक्दा लौरो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार हर्क साङपाङले ११ हजार ३३९ मत ल्याउँदै अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसका किशोर राईले उनलाई ९ हजार ८३० मत ल्याउँदै पछ्याइरहेका छन् । साङपाङ र राईको मतान्तर १ हजार ५०९ छ । त्यसैगरी २०७४ सालको निर्वाचनमा प्रमुख उपप्रमुख जितेको नेकपा एमाले भने तेस्रो स्थानमा छ । प्रमुख पदमा एमालेबाट उम्मेदवार दिएकी मञ्जु भण्डारी स्वतन्त्र र कांग्रेसभन्दा निकै तल देखिएकी छिन्  । उनले ८ हजार ७१ मत पाएकी छिन् । उनले पाएको मत स्वतन्त्रको भन्दा ३ हजार २६८ मत कम हो । 

त्यसैगरी उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले ११ हजार ४२१ मत ल्याएका छन् । उनलाई नेकपा एमालेका पदम लिम्बुले १० हजार ९५८ मत ल्याउँदै पछ्याइरहेका छन् । अहिले ११,१२,१३ वडाको गणना भइरहेको छ । बाँकी १५,१६ र १७ को भने बाँकी रहेको धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकारी दिए । उनले धरानको मत परिणाम अबको तीन दिन भित्रमा आइसक्ने समेत बताए । 

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार