एमालेका उम्मेदवार १७८ पालिकाको प्रमुख तथा अध्यक्षमा विजयी

शुक्रबार, जेठ ६, २०७९

काठमाडौं, ६ जेठ । मतगणना सम्पन्न भएकामध्ये १७८ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी बनेका छन् ।  निर्वाचन आयोगका अनुसार ६३५ पालिकाको मतगणना सम्पन्न हुँदा एमालेका उम्मेदवार  १७८ वटामा विजयी बनेका हुन् ।  आयोगले गत वैशाख ३० गते सबै ७५३ वटै पालिकामा एकसाथ निर्वाचन गरेको थियो । निर्वाचनको परिणाम आउनेक्रम जारी रहेको छ । विभिन्न  कारण स्थगित भएका तीन वटा केन्द्रमा निर्वाचन हुन बाँकी नै रहेको छ । 

मतगणना सम्पन्न भएका पालिकामध्ये एमालेले नेपाली कांग्रेस पछाडि बढी स्थानमा विजय प्राप्त गरेको छ । कांग्रेसले भन्दा १०६ कम पालिकामा एमालेका उम्मेदवार विजयी बनेका छन् । कांग्रेसले हालसम्म २८३ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ ।  आयोगका अनुसार हाल मतगणना भइरहेकामध्ये १९ स्थानमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार