मिनी टाटाको ठक्करबाट खड्काको मृत्यु

बिहीबार, जेठ ५, २०७९

काठमाडौँ, ५ जेठ  । काठमाडौँको थलीमा मिनी टाटाको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–५ थलीको हरियाली नगरस्थित बा ४ ख ५००५ नम्बरको मिनी टाटाको ठक्करबाट पैदलयात्री रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर भई थली बस्ने ६० वर्षीय नरबहादुर खड्काको आज बिहान मृत्यु भएको हो ।   मिनी टाटाको ठक्करबाट गम्भीर घाइते खड्काको उपचारका क्रममा शङ्करापुर अस्पताल नारायणटारमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा संलग्न मिनी टाटा र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकोे छ ।  

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  २०:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार