धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवारको अग्रता

बिहीबार, जेठ ५, २०७९

सुनसरी, ५ जेठ । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन् । उनी २४५ मतका साथ लिड गरिरहेका छन् । अहिलेसम्म ३२ हजार दुई सय ७३ मतगणना हुँदा स्वतन्त्रका उम्मेदवार साम्पाङले ९ हजार ३७३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले ९ हजार १२८ मत प्राप्त गरेका छन् । नेकपा एमालेबाट मेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले सात हजार ३ सय ३४९ मत प्राप्त गरेकी छन् । उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले १० हजार २६६ मतका साथ अग्रता लिएका छन् । उनलाई नेकपा एमालेका पदम इस्बो लिम्बूले ९ हजार ८३१ मतसहित पछ्यारहेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १९:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार