भरतपुर ९ मा एकीकृत समाजवादी विजयी

बिहीबार, जेठ ५, २०७९

चितवन, ५ वैशाख  ।  नेकपा एकीकृत समाजवादी पार्टीले भरतपुरको वडा नम्बर ९ मा जित हासिल गरेको छ । एकीकृत समाजवादीका यमलाल कँडेलले १ हजार ९ सय ५८ मतका साथ वडाध्यक्षमा विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका लीलाबल्लभ भुषालले १ हजार ४ सय ६ मत ल्याए। अहिले भरतपुर महानगरपालिकाको वडा नम्बर १० र ११ को मतगणना भइरहेको छ । वडा नम्बर १० मा गठबन्धनबाट कांग्रेसका परमेश्वर खनाल वडाध्यक्षको प्रतिस्पर्धी छन् । खनालले ३ हजार ३ सय ४९ मतगणना हुँदा खनाल आफ्ना प्रतिस्पर्धी भक्तिप्रसाद गौतमभन्दा २६० मतले अगाडि छन् ।यस्तै भरतपुर वडा नम्बर ११ मा एमालेका कमल बहादुर मल्लले गठबन्धनबाट ११ मा वडाध्यक्षमा प्रतिस्पर्धा गरेका विष्णुप्रसाद पौडेलभन्दा १६० मतले अगाडि छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १८:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार