नेपालमा थपिए १२ कोरोना संक्रमित 

बिहीबार, जेठ ५, २०७९

काठमाडौं, ५ जेठ ! नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।३ हजार ६२७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको सङ्ख्या १५० पुगेको छ । यो अवधिमा थप ९ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १७:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार