प्रतिनिधिसभा बैठकमा किसानलाई पेन्सनको व्यवस्था गर्न माग

बिहीबार, जेठ ५, २०७९

काठमाडौं,  ५ जेठ ! किसानलाई योगदानमा आधारित पेन्सन (निवृत्तिभरण)को व्यवस्था गर्न माग गरिएको छ ।  बुधबारबाट प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९÷८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सहभागी बिहीबार सहभागी भएकी माओवादी केन्द्रकी सांसद कमला रोकाले किसानलाई पेन्सनको व्यवस्था  गर्न माग गरेकी हुन् । 

किसानलाई योगदानमा आधारित पेन्सनको व्यवस्था गर्नुपर्ने बताउँदै उनले किसानमैत्री र हितका लागि कार्यक्रम ल्याउनुपर्ने बताइन् । उक्त छलफलमा सहभागी अधिकांश सांसदले कृषिमा आधुनिकीकरण र यान्त्रिकरण गर्नुपर्नेमा जोड दिएका छन् ।किसानले उब्जाएको वस्तुको न्यूनतम मूल्य पनि सरकार तोक्नुपर्नेमा जोड दिएका सांंसदहरुले कृषिलाई आधुनिकीकरण र यान्त्रिकरण नगरी देश समृद्ध नहुने बताएका छन् ।  
 

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १६:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार