पोखराको प्रमुखमा धनराज आचार्य र उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङको अग्रता

बिहीबार, जेठ ५, २०७९

गण्डकी, ३५ जेठ ।  स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । पोखरा महानगरको जारी मतगणनामा ५२ हजार ८१७ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले २१ हजार ८८० मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले १९ हजार ३८८ मत प्राप्त गरेका छन् ।  त्यसैगरी उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदबार कोपिला रानाभाटको २२ हजार १२२ मत छ भने एमालेका मञ्जुदेवी गुरुङले २२ हजार १३१ मत प्राप्त गरेकी छन् । 

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १५:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार