अबदेखि जेठ १० गते नेपाल परराष्ट्र सेवा दिवस मनाइने

बिहीबार, जेठ ५, २०७९

काठमाडौं, ५ जेठ : परराष्ट्र मन्त्रालयले जेठ १० गतेलाई ‘नेपाल परराष्ट्र दिवस’को रुपमा मनाउने भएको छ ।  नेपाल वैदेशिक सेवा (गठन तथा श्रेणी विभाजन) नियमहरु, २०१८ को तर्जुमा भई नेपाल राजपत्रमा प्रकाशित भएको दिन २०१८ जेठ १० गतेको संस्मरणमा मन्त्रालयले सो दिन परराष्ट्र दिवस मनाउन लागेको हो । 

‘परराष्ट्र मन्त्रालयको त्रिपुरेश्वरस्थित बहुउेश्यीय भवनमा हुने औपचारिक कार्यक्रममा २०१८ साल र सोभन्दा अगाडि परराष्ट्र मन्त्रालयमा सेवा गरेका अग्रज कर्मचारीहरुलाई सम्मान गरिनेछ,’ मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  

अब हरेक वर्ष जेठ १० गतेलाई परराष्ट्र सेवा दिवसको रुपमा मनाइने मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १४:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार