नेपाल टस जितेर बलिङ गर्दै

बिहीबार, जेठ ५, २०७९

काठमाडाैं, ५ जेठ  । तेस्रो टी-२० खेलमा युगान्डाविरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टियु मैदानमा कप्तान रुविना क्षेत्रीले टस जितेर बलिङ गर्ने निर्णय गरेसँगै युगान्डाले सुरुआती ब्याटिङ गर्ने भएको हो । शृंखलामा युगान्डा लगातार तेस्रो खेल जित्ने योजनामा छ। यदि आजको खेल जिते युृगान्डाले शृ‌खला दुई खेलअघि नै आफ्नो नियन्त्रणमा राख्नेछ । नेपाल आजको खेल जित्दै शृंखलामा पुनरागमन गर्न चाहन्छ । पहिलो खेलमा युगान्डा १२ रन र दोस्रो खेलमा एक विकेटले विजयी भएको थियो । यसपछि दुई खेल हुनेछ । 

 

 

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १३:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार