ललितपुरको गोदावरीमा गजेन्द्र–मुना दोहोरिए

बिहीबार, जेठ ५, २०७९

काठमाडौँ, ५ जेठ । गोदावरी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुख दुवैमा विजयी भएका छन् । प्रमुखमा गजेन्द्र महर्जन र उपप्रमुखमा मुना अधिकारी विजयी भएका हुन् ।   प्रमुखमा महर्जन र उपप्रमुखमा अधिकारी विसं २०७४ मा पनि विजयी भएका थिए । प्रमुखमा निर्वाचित महर्जनले १८ हजार नौ सय २८ मत पाए भने उनका  निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका गम्भीरबहादुर रानाले १५ हजार एक सय ५७  मत पाए । उपप्रमुखमा १८ हजार  तीन सय ३३ ल्याएर कांग्रेसका मुना अधिकारी विजयी भइन् भने उनको निकटतम प्रतिस्पर्धी एमालेकी रमि प्रधानाङ्गले १४ हजार एक सय ६९  मत पाइन् ।अहिले गोदावरीमा नगर प्रमुख उपप्रमुखको विजय ¥याली भइरहेको छ । गोदावरी नेपाली कांग्रेसले ११ वटा वडामा वडाअध्यक्षसहित विजय हासिल गरेको छ । वडा नं १३ मा नेकपा एमाले तथा वडा नं ३ र ८ मा नेकपा माओवादीका उम्मेदवार विजयी भएका छन् । 

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १२:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार