प्रभू साहले जिताए पत्नीलाई मेयरमा

बुधबार, जेठ ४, २०७९

रौतहट, ४ जेठ । प्रभू साहको निर्वाचन क्षेत्रमा पर्ने रौतहटको मौलापुर नगरपालिकाको मेयरमा नेकपा एमाले विजयी भएको छ ।
साहकी पत्नी  रीनाकुमारी मौलापुरको मेयरमा निर्वाचित भएकी हुन् । उनले ५ हजार ५६४ मत पाउँदा गठबन्धनका उम्मेदवार रामप्रवेश साहले ३०६२ मत पाए । रीनाकुमारी २०७४ सालको निर्वाचनमा माओवादीको तर्फबाट मेयर निर्वाचित भएकी थिइन् ।
प्रभू साह माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  २१:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार