उदयपुरको चौदण्डीगडीमा एमालेका कालुमान लामा र मणिकादेवी दुलाल निर्वाचित

बुधबार, जेठ ४, २०७९

उदयपुर, ४ जेठ । उदयपुरको चौदण्डीगढी नगरपालिकाको नगर प्रमुख र उप–प्रमुख पदमा एमाले निर्बाचित भएका छन् । नगर प्रमुख पदमा एमालेबाट उम्मेदवारी दिएका कालुमान लामाले ८८६३ मत प्राप्त गरेको छ ।

निकटतम प्रतिस्प्रर्धी काँग्रेसका खगेन्द्र राईले ८०१२ मत प्राप्त गरेको छ । नगर प्रमुखमा ८५१ मतान्त।ले लामा निर्बाचित भएका हुन । त्यसैगरी नगर प्रमुखमा नेकपा एकिकृत समाजवादीका नरेन्द्रकुमार राउतले ४३७५ मत प्राप्त गरेको छ ।

नगर उप–प्रमुखमा एमालेकै मणिकादेवी दुलालले ९५६६ मत प्राप्त गरि बिजयी भएकी छिन् । उनका निकटतम प्रतिद्धन्द्वी नेपाली काग्रेसका रिताकुमारी चौधरीले ७७६० मत प्राप्त गरेकी छिन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका हिरा थापा तिम्सिनाले ३५११ मत प्राप्त गरेको छ ।

त्यसैगरी वडाध्यक्षहरुमा क्रमश १ मा नेकपा एमालेका सिताराम राई, २ मा नेकपा एमालेका हरिबहादुर खडका, ३ मा नेपाली काग्रेसका पर्शुराम राई, ४ मा नेकपा एमालेका लुङ्गाराज राई, ५ मा नेकपा एमालेका तुलसीराम ढकाल, ६ मा नेपाली काग्रेसका अम्बरबहादुर खड्का, ७ मा नेकपा एमालेका केशब अधिकारी, ८ मा नेकपा एमालेका भगनाथकुमार मगर, ९ मा नेकपा एमालेका प्रकाशकुमार राउत र १० मा नेकपा एमालेका धर्मेन्द्रकुमार खड्का निर्बाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  २१:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार