रुपन्देहीका शुद्धोधन र कञ्चनको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी

बुधबार, जेठ ४, २०७९

रुपन्देही, ४ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत यहाँका दुई पालिकाको नतिजा आएको छ । जिल्लाको शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेसका विष्णुप्रसाद बस्याल विजयी भएका छन् । बस्याल सात हजार ९८३ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का किशुनचन्द्र चौधरीले छ हजार २७० मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा एमालेका शान्तादेवी ज्ञवाली छ हजार ६८२ मत ल्याई विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपाध्यक्षका गठबन्धनतर्फ नेकपा (माओवादी केन्द्र) का शारदा भुसालले तीन हजार २५५ मत प्राप्त गरे । 
शुद्धोधनको वडा नं १ मा जसपाका उदयराज गडेरिया, वडा नं २ मा कांग्रेका कमल खड्का क्षेत्री विजयी भएका छन् भने वडा नं ३ मा एमालेका हेमबहादुर खड्काले जित हासिल गरेका छन् । वडा नं ४ मा कांग्रेसका केशवप्रसाद अधिकारी, वडा नं ५ मा कांग्रेसका चन्द्रमान चौधरी, वडा नं ६ मा कांग्रेसकै उपेन्द्र सहानी, ७ मा पनि कांग्रेसकै भीमबहादुर यादव विजयी भएका छन् । 
यसैगरी जिल्लाको रुपन्देहीको कन्चन गाउँपालिकामा कांग्रेसका नवराज ढकाल निर्वाचित भएका छन् । उनले दिनानाथ आचार्यलाई पराजित गरे । ढकालले नौ हजार ८५ मत र आचार्यले सात हजार ८४५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
उपाध्यक्षमा कांग्रेसकै मौसमी थापा मगर नौ हजार १९४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ओमकली रहाडीले सात हजार ६९९ मत प्राप्त गरे । 
 

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  ११:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार