खोटाङको दिप्रुङ चुइचुम्माको प्रमुख र उपप्रमुख दुवैमा एमाले

मंगलबार, जेठ ३, २०७९

खोटाङ, ३ जेठ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । प्रमुखमा एमालेका लोकेन्द्र राई र उपप्रमुखमा अरुणा थापा मगर विजयी भएका हुन् । 
कांग्रेसका नइन्द्र राईलाई ६४१ मतले पछि पार्दै लोकेन्द्र गाउँपालिका प्रमुखमा विजयी भएको निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए। लोकेन्द्रले दुई हजार ८०३ र नइन्द्रले दुई हजार १६२ मत प्राप्त गरेको जनाइएको छ । 
यस्तै, उपप्रमुखमा विजयी मगरले दुई हजार ७३३ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रमा कटवालले दुई हजार ३१२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
माओवादी केन्द्रका गाउँपालिका प्रमुखका उम्मेदवार गोपालचन्द्र राईले दुई हजार ९३ मत र उपप्रमुखका उम्मेदवार नैनकुमारी खत्रीले एक हजार ७०६ मत प्राप्त गरेकी छन् । निर्वाचनमा तेस्रो मत प्राप्त गर्नुभएका गोपालचन्द्र सरकारी अधिकृतको जागिर छाडेर गाउँपालिका प्रमुखका उम्मेदवार बनेका थिए ।  
दिप्रुङ चुइचुम्मामा कांग्रेस, माओवादी केन्द्र र एमाले गठबन्धन नगरी छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेर चुनावमा लडेको थियो । सात वडा रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको चार वडामा एमाले र तीन वडामा कांग्रेस विजयी भएको छ वडा नं १ याम्खामा कांग्रेसका केशवकुमार खत्री, वडा नं २ डाँडागाउँमा कांग्रेसकै बद्री कटवाल, वडा नं ३ छोरम्बुमा एमालेका भूपेन्द्र बस्नेत, वडा नं ४ बतासेमा एमालेका बबेन्द्र राई, वडा न ५ सछितापोखरीमा कांग्रेसका डम्बरहादुर खड्का, ६ छितापोखरीमा एमालेका मिलन राई र वडा ७ टेम्मामा एमालेका गन्धमान मगर वडाध्यक्षमा निर्वाचित भएको छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १८:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार