दोस्रो खेलमा समेत नेपालको ब्याटिङ चल्न सकेन, युगान्डालाई  १०२ रनको लक्ष्य

मंगलबार, जेठ ३, २०७९

काठमाडौं, ३ जेठ । युगान्डाविरुद्धको दोस्रो टी–२० खेलमासमेत ब्याटिङ चल्न नसक्दा नेपालले सामान्य लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टीयू  मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेपालले युगान्डालाई  १०२ रनको लक्ष्य प्रस्तुत गरेको हो ।  नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर  १०१ रन बनायो । नेपालका लागि ओपनर विन्दु रावलले सर्वाधिक २६ रन बनाइन् । ३६ बल खेलेकी विन्दुले २ चौका प्रहार गरेकी थिइन् ।  सरिता मगरले २२ रन प्रहार गर्दा रन आउट हुनुअघि कप्तान रुविना क्षेत्रीले अविजित १७ रन बनाइन् । डली भट्टले ९ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । कविता जोशी शून्यमा आउट भएकी थिइन् । 

टस जितेर फिल्डिङमा आएको युगान्डाका लागि जनित एमबाबाजीले दुई विकेट लिइन् । यस्तै, एभेल्नी एनीपो, कोन्सी अवेको र रिता मुसामालीले समान एक विकेट लिए ।  यसअघि हिजोबाट सुरु भएको श्रृंखलाको पहिलो खेलमा युगान्डाले १२ रनको जित निकाल्दै विजयी सुरुआत गरेको छ । १०३ रनको लक्ष्य पाएको नेपाल ९० रनमा समेटिदा पहिलो खेलमै पराजित हुन पुग्यो ।  पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय श्रृंखला खेलेको नेपालले युगान्डासँग पाँच खेल खेल्नेछ । 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार