उत्तर कोरियामा थप २ लाख ६९ हजारमा ज्वरो

मंगलबार, जेठ ३, २०७९

प्याेङयाङ, ३ जेठ । उत्तर कोरियाले कोभिडका कारण थप ६ जनाको मृत्यु भएको छ । राज्यको आपतकालीन महामारी रोकथाम मुख्यालयले थप २ लाख ६९ हजार ५१० जनामा ज्वरोको लक्षण देखिएको जनाएको छ । उनीहरू सबैलाई कोभिड भएको अनुमान गरिएको छ । हालम्म १४ लाख ८३ हजारमा यस्तो लक्षण देखिएको छ । सोमबार साँझसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ५६ थियो ।  सेनाको मेडिकल समूहलाई राजधानी प्योङयाङमा औषधिको आपूर्ति सुधार गर्न पठाइएको जनाइएको छ । हाल प्योङयाङ महामारीको मुख्य केन्द्र बनेको छ । उत्तर कोरियाली नेता किम जोङ उनले कोभिड नियन्त्रणका लागि तत्काल कदम चाल्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् । समूहको उदेश्य राजधानी प्योङयाङमा व्याप्त जनस्वास्थ्य संकटलाई कम गर्ने रहेको बताएको छ  । 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १४:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार