घोराही उपमहानगरमा एमालेको अग्रता

मंगलबार, जेठ ३, २०७९

दाङ, ३ जेठ । दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले अग्रता कायम राखेको छ । पछिल्लो  मतपरिणामअनुसार घोराहीमा नेकपा (एमाले) का उम्मेदवार नरुलाल चौधरी तीन हजार १२४ मतले अगाडि छन् । हुनुहछ । चौधरीले १६ हजार ८९८ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का हेमराज शर्माले १३ हजार ७७४ मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय घोराहीले जनाएको छ ।
उपप्रमुख पदमा पनि एमालेले अग्रतालाई फराकिलो बनाउँदै लगेको छ । एमालेबाट उपप्रमुखमा उम्मेदवार हुमा डिसीले १६ हजार ३७३ मत प्राप्त गरेकी छन् । गठबन्धनबाट कांग्रेस उम्मेदवार भुपबहादुर डाँगीले १५ हजार ४६६ मत प्राप्त गरेका छन् ।  
यसअघि आठ वडाको मतगणना सम्पन्न भएको छ । वडा नं १, २, १४, १७ र १८ मा नेकपा (एमाले) का अध्यक्षका उम्मेदवार विजयी भएका छन् भने वडा नं १३, १६, १९ मा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अहिले वडा नं ३, ४, ९, १०, ११, १२ र १५ को मतगणना भइरहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । घोराही उपमहानगरपालिकामा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ अर्थात्  ६७.७६ प्रतिशत मत खसेका थियो । 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १३:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार