चुरेको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

सोमबार, जेठ २, २०७९

सुदूरपश्चिम, २ जेठ । कैलालीको चुरे गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । एमालेका चक्रबहादुर बोगटी तीन हजार ३०५ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का लोकबहादुर सारुमगरले तीन हजार २८१ मत प्राप्त गरेका छन् । गाउँपालिकाका उपप्रमुखमा नेपाली कांग्रेसकी धना थापा तीन हजार ४४९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी दीपादेवी साउद तीन हजार १२१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  २१:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार