मेलौलीको मेयरमा माओवादीका भूकम्प र उपमेयरमा कांग्रेसका विष्ट विजयी 

सोमबार, जेठ २, २०७९

बैतडी, २ जेठ । बैतडीको मेलौली नगरपालिकामा नेकपा(माओवादी केन्द्र)का भीमबहादुर चन्द (भूकम्प) तीन हजार ९६ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका जगदीश सिंह नायकले दुई हजार ३७६ मत ल्याएका छन् ।  उपमेयरमा नेपाली कांग्रेसका पार्वती बोहरा विष्टले दुई हजार ९२७ मत ल्याएर विजयी हुँदा एमालेका हेमन्ती नायकले दुई हजार ४०८ मत ल्याएका छन् । वडाहरुमा भने मेलौली १ मा एमालेका सरद सिंह नेगी, २ मा काग्रेसमा कृष्णदत्त भट्ट, ३ मा कांग्रेसकै गगन भाट, ४ मा माओवादी हर्कबहादुर चन्द, ५ मा काग्रेसका भरत पुजारा, ६ मा ओवादीका तारा दत्त भट्ट, ७ मा माओवादीकै रामचन्द्र भट्ट, ८ मा एमालेका तपेन्द्र विष्ट र ९ मा कांग्रेसका लोकराज भट्ट विजय भएका छन् । 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १६:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार