कोञ्ज्योसोममा नेकपा एमालेका कृष्णामान  लामा अगाडि

आइतबार, जेठ १, २०७९

 

ललितपुर, १ जेठ ।ललितपुरको कोञ्ज्योसोम गाँउपालिकामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन् ।  मतदान अधिकृत देवीकुमारी चौधरीका अनुसार नेकपा एमालेका कृष्णामान  लामाले एक हजार पाँच सय ३३ मत पाएका छन् भने गठबन्धनका उम्मेदवार गोपिलाल सिङ्तानले नाै सय ७५ मत पाएका छन् । उपमेयरमा पनि नेकपा एमालेकी रनिता तामाङले एक हजार ६४ मत पाएकी छिन् भने गठबन्धनका उपमेयर उम्मेदवार राजनप्रसाद घिमिरेले एक हजार दुई सय एक मत पाएका छन् ।

गाउँपालिकामा मत गणना निरन्तर भइरहेकाे र कुनै समस्या नआएको मतदान अधिकृत चौधरीले बताइन् । उनका अनुसार अहिलेसम्म दुई हजार सात सय २९ मत गणना भएको छ । यस पालिकामा ६ हजार चार सय ८६ मत खसेको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १२:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार