काठमाडौं महानगरपालिकाको मतगणना सुरु

शनिबार, वैशाख ३१, २०७९

काठमाडौँ, ३१ वैशाख । शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत काठमाडौ महानगरपालिकाको मतगणना  सुरु भएको छ । काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको मतगणना  सुरु भएको हो । तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा मतगणना सुरू भएकाे छ । कार्यालयले मतगणनाका लागि दलका प्रतिनिधिलाई परिचयपत्र वितरण गरेपछि मतगणना सुरु भएकाे निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिए । 
सुरुआती चरणमा एक ठाउँबाट गणना गर्ने तयारी गरिएको र केहीबेरमा गणनास्थल थप गरिने उनले जानकारी दिए। सुरुमा वडा नं १ र ३२ को मत गणना गरिने अधिृकत श्रेष्ठले जानकारी दिए। शुक्रबार सम्पन्न निर्वाचनमा महानगर क्षेत्रमा ६३.४९ प्रतिशत मत खसेको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १०:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार