डोकोबाट भोट दिएर अस्ताए जाजरकोटका सार्के खड्का

शुक्रबार, वैशाख ३०, २०७९

जाजरकोट , ३० वैशाख । जाजरकोटको जुनिचादे गाउँपालिका ४ का ७४ वर्षीय सार्के खड्काको शुक्रबार स्थानीय तह निर्वाचनमा मतदान गरेको केही समयमै मृत्यु भएको छ । मतदानका लागि उनलाई डोकोमा मतदान केन्द्रसम्म ल्याइएको थियो । उनका छोरा भीमबहादुर खड्का जुनिचादे ४ बाट वडाध्यक्षका उम्मेदवार थिए । मत दिएको केही मिनेटमा नै उनको मृत्यु भएको नाति रेशम खड्काले बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  २१:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार