तनहुँमा श्रममन्त्री श्रेष्ठले गरे मतदान

शुक्रबार, वैशाख ३०, २०७९

तनहुँ, ३० बैशाख । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) व्यास स्थानीय तहको जनप्रतिनिधि छनोट गर्न मतदान गरेका छन् । मन्त्री श्रेष्ठले  व्यास नगरपालिका–४ मा रहेको मदर्सा आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।  उनले सिंहदरबारको अधिकार गाउँमा भन्ने नारालाई सार्थक बनाउने गरी स्थानीय सरकारले काम गर्नुपर्ने बताए । सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘जनप्रतिनिधि सेवक बन्न सक्नुपर्दछ ।’ यस्तै, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिका–२ सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले स्थानीय सरकारले विकासको खाका कोरेको बताए । संघीयताको कारण विकासले फड्को मारेको उनको भनाई छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १२:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार