चीन-पाकिस्तानका विदेशमन्त्रीबीच फाेनवार्ता

बिहीबार, वैशाख २९, २०७९

बेइजिङ, २९ वैशाख ।  चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोबीच बुधबार भिडियोमार्फत् फोनवार्ता भएको छ । उहाँहहरुका बीचमा बुधबार भिडियो वार्ता भएको र त्यस क्रममा दुई देशबीचको सम्बन्धका विविध विषयहरुमा कुराकानी भएको जनाइएको छ । त्यस अवसरमा चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र पाकिस्तानका बीचको सम्बन्ध अद्धितीय रहेको भन्दै यो सम्बन्ध आगामी दिनमा पनि सौहार्द रुपमा अघि बढ्ने बताएको थियो । उनले चीन सधैँ पाकिस्तानमा शान्ति र विकासका पक्षका साथै पाकिस्तानको सार्वभौमिकता र अखण्डताका पक्षमा रहेको सो वार्ताका क्रममा बताएको थियो ।
चिनियाँ विदेशमन्त्री बिलावल भुट्टोले आफूले पाकिस्तानको विदेश मन्त्रीका रुपमा चिनियाँ विदेशमन्त्रीसँग कुराकानी गर्न पाउँदा निकै खुसी लागेको बताएका थिए । उनले आफू पाकिस्तानको विदेश मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीनका विदेशमन्त्रीसँग कुराकानी गरेको पनि उल्लेख गरेका छन् । उनले चीनसँग पाकिस्तानको विशेष प्रकारको सौहार्द सम्बन्ध रही आएको र आगामी दिनमा पनि यो निरन्तर रहने बताएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ ।-सिन्ह्वा

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  १६:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार