अधिवक्ता सूर्यबहादुर केसीको लाइसेन्स रद्द

बिहीबार, वैशाख २९, २०७९

काठमाडौँ, २९ वैशाख । नेपाल कानून व्यवसायी परिषद्ले लागुऔषध मुद्दामा सजाय पाएका काठमाडाँै जिल्ला अदालत बार एकाइका सदस्य अधिवक्ता सूर्यबहादुर केसी (खत्री) को कानून व्यवसायीको प्रमाणपत्र रद्द गरेको छ । परिषद्का सचिव मोना सिंहले जारी गरेको सूचनामा परिषद्को अनुशासन समितिको २०७९ वैशाख १६ गते बसेको बैठकले उक्त निर्णय गरेको उल्लेख छ । परिषद्ले लागुऔषध मुद्दामा सजाय पाएका अधिवक्ता केसीको प्रमाणपत्र नम्बर ८२५६ को कानून व्यवसायीको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको हो ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  ०६:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार