स्वीडेन र बेलायतद्वारा रक्षा सम्झौतामा हस्ताक्षर

बिहीबार, वैशाख २९, २०७९

हार्पसन्ड (स्वीडेन), २९ वैशाख । बेलायती प्रधानमन्त्री बोरिस जोनसन र उनका स्विडेनी समकक्षी म्याग्डालेना एन्डरसनले बुधबार आक्रमणको अवस्थामा पारस्परिक रक्षा सम्झौताको घोषणा गरेका छन् । स्वीडेनले नेटोमा सामेल हुने कि नपर्ने भनेर विचार गरिरहेको छ ।
“यदि स्वीडेनमा हमला भयो र हामीलाई सहयोगका लागि आग्रह गर्यो भने हामी  सहयोग उपलब्ध गराउनेछौँ,“ जोनसनले स्वीडेनमा संयुक्त पत्रकार सम्मेलनमा पत्रकारहरूलाई भनेका छन् ।
जोनसनले बुधबारपछि हेलसिन्कीमा यस्तै सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको उनको कार्यालयले जनाएको छ ।
हेलसिन्की र स्टकहोमले अमेरिका, फ्रान्स र जर्मनीलगायत शक्तिशाली नेटो सदस्यहरूसँग वार्ता गरिसकेका छन् तर बेलायतसँग हस्ताक्षर गरिएको कागजात सार्वजनिक गरिएको भने यो पहिलो सम्झौता हो ।–रासस/एएफपी

 

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  ०५:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार